मन्त्रिपरिषद् बैठक बस्दै, दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय

  Sampatti News Online

May 16, 2024

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिँहदरवारमा दिउँसो एक बजेका लागि बैठक बोलाएका हुन् ।

आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ भने पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।

आजको बैठकले प्रशासन र प्राविधिक तर्फ दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गर्दै छ । प्राप्त जानकारी अनुसार प्राविधिकतर्फको हकमा थप छलफल हुने सक्ने एक मन्त्रीले बताएका छन् ।

प्रकाशित मिति:May 16, 2024