नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्रप्रसाद नियुक्त

  Sampatti News

May 16, 2024

काठमाडौँ । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगानालाई नियुक्त गरिएको छ । उनलाई थप २ वर्षका लागि नियुक्त गरिएको हो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई गाभेपछि १७ असार २०७९ मा २ वर्षका लागि ढुंगानालाई सीईओमा नियुक्त गरेको थियो ।

२ जेठमा बसेको बैंक सञ्चालक समितिको बैठकले १७ असार २०८१ देखि लागु हुने गरी ढुंगानालाई सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्षभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका ढुंगानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि नियुक्त गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति:May 16, 2024