शिक्षा मन्त्रालयद्वारा दलमा लागेका शिक्षकमाथि भएको कारबाहीको विवरण माग

Nepal Cover
३ जेष्ठ २०८१, बिहीबार
image

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यसमितिमा रहेका शिक्षक र विद्यालय कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ ।

केन्द्रले बुधबार सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार राजनीतिक दलको कार्यसमितिका रहेका र महाधिवेशन प्रतिनिधि रहेका शिक्षक कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ भन्दै १५ दिनभित्र विवरण पेश गर्न भनेको हो ।