गायक रवि ओड धरौटीमा रिहा

Nepal Cover
४ जेष्ठ २०८१, शुक्रबार
image

काठमाडाै‌ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

कञ्चनपुर जिल्ला अदालतले उनलाई ५ लाख धरौटीमा छाेड्न आदेश दिएका हुन् ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।