पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना डिस्चार्ज

Nepal Cover
१७ भाद्र २०७७, बुधबार
image

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक हजार एक सय १२ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार उनीहरु कोरोनामुक्त भएर घर फर्किएका हुन्।

योसँगै नेपालमा कोरोना भाइरसबाट निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ। यस्तै आज देशभर एक हजार एक सय २० जना कोरोना संक्रमित भएका छन्। योसँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ।