उपत्यकामा थप एक हप्ता निषेधाज्ञा

Nepal Cover
१७ भाद्र २०७७, बुधबार
image

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा हुने भएको छ। गृह मन्त्रायलसँगको छलफलपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन्।

यसपटक जारी भएको निषेधाज्ञामा थप केही सेवालाई भने छुट हुने भएको छ। यसअघि जारी निषेधाज्ञामा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तुमा रोक लगाइएको थिएन।

थप गरिएको निषेधाज्ञामा होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुने छन्। बैंकलगायतका निकायले न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्नेछन्। उपत्यकामा कोरोनाको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने आदेश दिएको थियो।