प्रभु बैंकद्वारा नक्कली भौचरको आधारमा जानकी मेडिकल कलेजलाई करोडौं कर्जा प्रवाह, कर्मचरीद्वय अधिकारी र कोइरलालाई निलम्बन गरी घटना लुकाएको खुलासाः राष्ट्र बैंक बेखबर ?

Nepal Cover
२१ भाद्र २०७७, आईतवार
image

प्रभु बैंक नामै काफी । यो शब्द डिपुटी गर्भन्र शिवराज श्रेष्ठले एक कार्यक्रममा बोलेको शब्द हो । नियमन निकायको उच्च कर्मचारीले यसरी एउटा बैंकको नामै काफी भनिरहदा त्यस बैंकको कर्पोरेट सुशासन कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

घटना केही पूरानो पक्कै हो । तर, समाचार छानबीन नहुँदासम्म कहिले पुरानो हुँदैन । प्रभू बैंकका सीइओ अशोक शेरचन र डिपुटी सीइओ मणीराम पोखरेलको निर्देशनमा पोखरका शिब प्रसाद बास्तोलाको जग्गा हत्याएर १० करोड भन्दा बढि कर्जा प्रवाह भएको भेटिएको छ । एक मिडियाका मालिक जो सीइओ शेरचनका राम्रो साथी हुन् । उनीसंगको मिलोमतोमा एउटा नक्कली भौचर मार्फत हत्याएको जग्गा राखी करोडौंको कर्जा प्रवाह किन भयो कथा मिठो छ । सत्य पनि छ । तर, छानवीन रोकियो । कारण हो राष्ट्र बैंकका डिपुटी गर्भनर शिवराज श्रेष्ठको चर्को अडान ।

प्रभु बैंकका सीइओ अशोक शेरचनले खातामा रकम नै दाखिला नभई किर्ते भौचर देखाएर हत्याएको बास्तोलाको उत्त जग्गा धितो राखी १० करोड २० लाख कर्जा दिएको भेटिएको छ । राष्ट्र बैंकले छानवीन गर्न रोकेपछि अहिले सो कर्जाको मुद्दा कास्की जिल्ला अदालतमा चलिरहेको भेटिएको छ ।

प्रभू बैंकका डिपुटी सीइओ मणीराम पोखरेलको चिनजानको मान्छेले उक्त जग्गा हडपेको र नक्कली भौचर ल्याएपछि निवेदन दिएको १ हप्ता भित्रै १० करोड २० लाख कर्जा प्रवाह भएको पीडित पक्षको दाबी छ । प्रभु बैंकले पछिल्लो समय ठूला ठेकेदार कम्पनी र राम्रा धितोमा कमिशनकै भरमा जथाभावी कर्जा दिँदै आएको देखिन्छ ।

प्रभू बैंक, किष्ट बैंक, ग्राण्ड बैंक र आँधा दर्जन विकास बैंक मर्जर भएर बनेको बैंक हो । बैंकका सीइओ शेरचनले आफू निकट र एस पात्रलाई एउटा होइन ४÷५ वटा विभागको जिम्मा दिएपछि बैंक भित्र आफ्नो हकहितको लागि आवाज उठाउन कर्मचारी टे«ड यूनियन बनेको छ । यहि घटना बाहिर गएको भन्दै तत्कालीन अवस्थामा प्रभू बैंकका सीइओ अशोक शेरचनले यूनियन अध्यक्ष नारायण प्रसाद लामिछाने र कोषाध्यक्ष प्रतिक्षा कोइरालालाई निलम्बन गरि घटना लुकाएको फेला परेको छ । यति मात्रै होइन सीइओ शेरचन माथी महिला कर्मचारीहरुलाई दुव्यवहार गरेको समेत बेला बखत आरोप लाग्ने गरेको छ ।

यति सम्मकी एमाले बैंकर शेरचनले तल्ला तहका कर्मचारी यूनियनमा समेत आफ्ना आसेपासे राखी यूनियन भित्रै खेल्दै आएको र आवाज उठाउनेलाई तत्काल तानासाही तरिकाले निलम्बर गर्ने गरेको यूनियनका एक सदस्यले पंक्तिकारसंग बताए ।

सीइओ शेरचनले नेपाल राष्ट्र बैैंकका विवादास्पद डिपुटी गर्भनर शिवराज श्रेष्ठलाई हातमा लिएर आफ्नै बैंकका कर्मचारीहरुलाई सूचना चुहावट गरेको भन्दै ज्यादती मच्चाउदै आएको खुलेको छ । यतिसम्मकी तत्कालीन किष्ट र ग्राण्ड बैंकका कर्मचारीहरुलाई मेची महाकाली सरुवा गर्ने र बैंक भित्र तत्कालीन प्रभु विकास बैंकका अदक्ष कर्मचारीलाई ३÷४ वटा विभाग जिम्मा दिने गरेको एक कर्मचारीले पंक्तिकारसंग बताईन ।
यस बारेमा बैंक भित्र फेरि चर्को विवाद सुरु हुन थालेको छ । सीइओ शेरचनको गुटबन्दीले अधिकाशं कर्मचारी रुष्ट मात्रै छैनन् । समाचार लेखिदिन अनलाईनहरुको अफिसमै पुगेका छन् । यसैको उपज यो समाचार बनेको हो भन्दा फरक पर्दैन ।

१० करोड २० लाख जानकी मेडिकल कलेजको नाममा एउटा नक्कली भौचरको भरमा दिएको कर्जामा प्रभु बैंकले कहिले कलेज त कहिले व्यक्तिको नाममा ल्याई कर्जा थप दिँदै आएको देखिन्छ । जवकी उक्त घटनाको विरुद्ध अहिले अदालतमा मुद्दा नै चलिरहेको छ ।
प्रभू बैंकबाट विगतमा भएका यस्ता नक्कली भौचरका आधारमा नेपाली जनताको रगत र पसिनाबाट जम्मा भएको डिपोजिटबाट दिएको १० करोड २० लाख कर्जाको उजुरी राष्ट्र बैंकमा परेपनि कारवाही कहिले भएन । कारण हो डिपुटी गर्भनर श्रेष्ठ । यसबारे थप खोजी हामीले सुरु गरेका छौं ।

प्रभु बैंक भित्रका यी चर्चित काण्ड


काण्ड नम्बर १
प्रभु बैंकले जानकी मेडिकल कलेजको नाममा गैरकानुनी रुपमा करोडौं ऋण प्रवाह गरेको छ । गैरकानुनी रुपमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मेडिकल कलेजलाई ऋण दिँदै कलेजको केही प्रतिशत शेयर पनि आफन्तको नाममा पार्न सफल भएका देखिन्छ । त्यति मात्र होइन जानकी मेडिकल कलेजको सम्पूर्ण प्रशासन उनकै निर्देशनमा चल्ने गरेको भुक्त भोगीहरुको बुझाई छ ।

प्रभु बैंकले प्रत्येक वर्ष जानकी मेडिकल कजेजको भ्यालुएसन बढाउँदै कहिले कलेजलाई बैंकको नाममा, त कहिले व्यक्तिको नाममा ल्याई सञ्चालन गरेर चरम आर्थिक अनियमितता गरिरहेको भेटिएको छ । बढी ऋण लिनकै लागि प्रभु बैंककै सिइओ शेरचनकै इशारामा कलेजले काम गर्दै आइरहेको छ

काण्ड नम्बर २
प्रभु बैैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लाग्ने गरेको छ । उनले पहिलाको किस्ट बैंक र ग्राण्ड बैंकका कर्मचारीहरुमाथि भेदभाव गर्ने गरेका भेटिएको छ ।

राष्ट्र बैंकका डिपुटी गर्भनर श्रेष्ठको साथ पाएपछि सिइओ शेरचनले आफ्नो बैंकका कर्मचारीहरुमाथि ज्यादती गरिरहेका देखिन्छ । तत्कालिन किष्ट बैंक र ग्राण्ड बैंकका कर्मचारीहरुलाई उनले लामो समयदेखि राजधानी बाहिर पठाउँदै आएका छन् । त्यस बारेमा बैंकभित्र विरोध हुँदै आएको छ । सिइओ शेरचनको गुटबन्दीका कारण बैंकका अधिकांश कर्मचारीहरु उनीसँग रुष्ट भएका छन् । आन्दोलन नै चर्काउने पक्षमा देखिन्छ ।

बैंकका गैरकानुनी काम र सिइओ शेरचनको मनपरीको विषयमा आवाज उठाउने प्रभु बैंक ट्रेड यूनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी र कोषाध्यक्ष प्रतिक्षा कोइरालालाई सिइओ शेरचनले निलम्बन गरेपछि यो विषयले झन् चर्चा पाएको थियो । र अहिले फेरि चर्किएको छ ।

सरुवा र बढुवामा पनि मनपरी गर्न थालेपछि अधिकारी र कोइरालाले त्यसको विरुद्ध आवाज उठाएका थिए । त्यहि विषयलाई आधार बनाएर सीइओ शेरचनले उनीहरुलाई जागिरबाट हटाइदिने भन्दै धम्क्याएर निलम्बन गरेको बुझिएको देखिन्छ ।

त्यसो त शेरचनमाथि महिला कर्मचारीलाई दुव्र्यवहार गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । शेरचनले ११ जनाको यूनियनको कमिटीमा बहुमतमा आफू निकटकालाई राखेर यूनियनभित्र पनि खेल्दै आएको पीडित एक कर्मचारीले पंक्तिकारसंग बताए । कर्मचारीमाथि भेदभाव गरेकै कारण बैंकका गोप्य दस्तावेजहरु बाहिरिने गरेका देखिन्छ ।

काण्ड नम्बर ३
एक मिडिया मालिकसँगको मिलेमतोमा नक्कली भौचरमार्फत अर्काको जग्गा हत्याएर करोडौं ऋण काण्डमा फसेको छ प्रभु बैंक । अर्काको जग्गा राखेर करोडौं रकम ऋण दिएको प्रकरणमा प्रभु बैंकमाथि राष्ट्र बैंकले छानविन गरिरहेको थियो । तर, अहिले रोकिएको छ । नयाँ गर्भनरले के गर्लान् हेर्न बाँकी छ ।

पोखरामा प्रभु बैंककै उच्च अधिकारीको मिलेमतोमा शिवप्रसाद बास्तोलाको जग्गा हत्याएर करोडौं ऋण प्रवाह गरेको प्रकरणमा प्रभु बैंकमाथि राष्ट्र बैंकले अनुसन्धान किन नगर्ने रु खातामा रकम नै दाखिला नगरी किर्ते भौचर देखाएर हत्याइएको उक्त जग्गा धितो राखी प्रभु बैंकले १० करोड २० लाख ऋण दिएको मुद्दा अहिले कास्की जिल्ला अदालतमा विचाराधीन छ गर्भनर साब ।

काण्ड नम्बर ४
नातागोता र कमिसनको चक्करमा प्रभु बैंकका माथिल्लो तहका कर्मचारीहरुले ऋण प्रवाह गर्दा बैंक समस्या पैदा गरेको देखिन्छ । बैंक व्यवस्थापन स्रोतका अनुसार अनियमित रुपमा ऋण प्रवाह गर्दा प्रभु बैंक पछिल्लो समय समस्याग्रस्त बन्दै जाने हो कि भनी लगानीकर्ता तर्सित बनेका छन् ।

नातागोता र कमिसनको चक्करमा परेर कर्जा लगानी गर्दा बैंक जोखिममा परेको बैंककै एक कर्मचारीले बताए । बैंकभित्र यतिसम्मको गुटबन्दी बढेको छ कि प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आफ निकटका व्यक्तिहरुलाई मात्र आकर्षक ऋण दिने गरेको र त्यसको चाजो पाजो डिपुटी सीइओ पोखरेलले गर्ने गरेको भेटिएको छ ।

जुन ठाउँबाट विश्वासिलो र भरपर्दो ऋणको प्रस्ताव आउँछ त्यहि ठाउँमा कमिसनको माग गर्ने र कमिसन पाएको खण्डमा ऋण दिने गरेको स्रोतको दाबी छ ।

काण्ड नम्बर ५
प्रभु बैंकका एटिएमहरु लकडाउनको महामारी बीच पनि प्रायजसो बिग्रेका देखिन्छन् । लो टेन्डर र धेरै कमिसनको भरमा एटिएम मेसिन खरिद गरिएकाले प्रभु बैंकका एटिएम प्रायजसो बिग्रिने गरेको देखिन्छ । केही समय अघि धेरै एटिएमहरु बिग्रेर प्रभु बैंकका ग्राहकहरुले सास्ती पाएका थिए । अहिलेपनि प्रायः एटिएमहरु बिग्रेकै देखिन्छन् गर्भनर साब ? (यो समाचार आज आर्थिक खबर अनलाइनमा भूपेन्द्र आर्चायले लेख्नु भएको छ ।)