मन्त्री भट्टराईले आफ्नो जन्मदिनमा खातुनलाई दिए ५० लाख

Nepal Cover
२१ भाद्र २०७७, आईतवार
image

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । उनले बालिकाको अध्ययनमा थप सहयोग पुगोस् भन्ने ध्येयले रु ५० हजार प्रदान गरेको बताए । मन्त्री भट्टराईले बालिका र उनका बुबालाई सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा आज आमन्त्रण गरी सहयोग गरेका छन् ।

गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा बालिकामाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । उनी कक्षा नौ मा अध्ययनरत छिन् । सो अवसरमा मन्त्री भट्टराई भने, ‘मलाई विश्वास छ, तपाइँ भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’’