४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा

  Sampatti News 2024

September 1, 2024

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको छ ।

मकवानपुर, काठमाडौँ, चितवन, र धुलिखेलका व्यवसायीहरूलाई अनुगमन र नमूना परीक्षणका आधारमा मुद्दा चलाइएको हो ।

कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार, २,७३८ नमूनाहरूको विश्लेषणमा ८५ नमूना प्रतिकूल पाइएका छन् । यस आधारमा कानुनी प्रक्रिया अघि बढाइएको र सुधारका लागि व्यवसायीहरूलाई प्रतिबद्धता गराइएको छ ।

अनुगमनका क्रममा ११ लाख २० हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ । साथै, ८६ नयाँ खाद्य उद्योगलाई सिफारिस र ६० उद्योगलाई अनुज्ञापत्र जारी गरिएको छ । कार्यालयले उक्त वर्षमा २२ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

प्रकाशित मिति:September 1, 2024