प्रकाशले पाए नागरिकता, दिए सबैलाई धन्यवाद

  Sampatti News 2024

September 1, 2024

काठमाडौं । ३५ वर्षपछि परिवारसँग भेट भएका प्रकाश तामाङ‘काले’ ले घरमा नै नागरिकता पाएका छन् ।

‘हेर्ने कथा’ युवट्युव च्यानलबाट प्रकाशित ‘हराएका वर्षहरु’ मार्फत ३५ वर्षमा घर फर्किएका तामाङलाई जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नागरिकता दिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

गोरखाको चुमभ्यालीबाट काठमाडौँ हुँदै भोजपुर पुगेका प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई नागरिकता दिएका छन् ।

प्रकाशले हेर्ने कथाकी प्रस्तोता विद्या चापागाँईसहित नागरिकता दिलाउन पहल गर्ने सबैलाई बधाइसमेत दिएका छन् ।

प्रकाशित मिति:September 1, 2024