संसदीय समितिले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ पारित

  Sampatti News 2024

September 1, 2024

काठमाडौं । संसदीय समितिले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई पारित गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक,२०७७ लाई दफावार छलफल गरी पारित गरेको हो ।

बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो । समितिमा टुंगिन बाँकी दफाहरूमाथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले २०८१ वैशाख २६ गते सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा सांसदहरू देवेन्द्र पौडेल, तोसिमा कार्की, डिकबहादुर लिम्बू र रामप्रकाश चौधरी गरी ५ सदस्य रहेको उपसमिति गठन गरेको थियो । सो उपसमितिले समितिमा प्रतिवेदन पेस गरेसँगै समितिले विधेयक पारित गरेको हो ।

प्रकाशित मिति:September 1, 2024