आज दुईवटा संसदीय समितिको बैठक बस्दै

  Sampatti News 2024

September 2, 2024

काठमाडौं । आज संघीय संसद अन्तरगत दुईवटा समितिको बैठक बस्दै छ ।

संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्ने भएको हो ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

यस्तै, दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनाका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरू तथा नेपाल सरकारका मुख्यसचिवसँग छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:September 2, 2024