गण्डकी प्रदेशमा एमालेका चार मन्त्री सरकारमा सहभागि

  Sampatti News 2024

September 2, 2024

काठमाडौं । एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जीसी श्रेष्ठको नेतृत्वमा एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेस र एमालेबीच केन्द्रमा नयाँ सत्तासाझेदारी भएको दुई महिनापछि बल्ल एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको हो । एमाले चार मन्त्रालयसहित सरकारमा सहभागी भएको हो ।

गण्डकीमा ७ बाट ९ मन्त्रालय बनाइएको छ । एमालेका तर्फबाट पद्मासहित पर्वतका कृष्ण पाठक, पर्वतकै मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बनेका छन् । पद्मा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् । यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । अहिले कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित आर्थिक मामिला मन्त्री डा। टकराज गुरुङ र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा छन् । नवनियुक्त मन्त्रीहरुको शपथ आजै हुँदैछ ।

प्रकाशित मिति:September 2, 2024