घट्यो सुनको मूल्य

  Sampatti News 2024

September 2, 2024

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य १ लाख ५२ हजार ३सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:September 2, 2024