सरकारले जनविरोधी काम गर्न सुरु गरिसकेको छः प्रचण्ड

Nepal Cover
१९ भाद्र २०८१, बुधबार
image

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास गरिरहेको भन्दै सशक्त प्रतिकार गर्न तयार रहन अनुरोध गरेका छन् ।

पार्टीको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक नेताहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा दाहालले त्यस्तो बताएका हुन् ।

उनले भने, ‘यो सरकारले जनविरोधी काम गर्न सुरु गरिसकेको छ। हामीले बेलैमा खबरदारी गर्नुपर्छ। संविधान संशोधनमार्फत जनताको अधिकारलाई खोस्ने प्रयास हुँदैछ।’

उनले प्रतिपक्षमा रहेका दलहरूलाई पनि साथ लिएर सरकारविरुद्ध खरो रूपमा उत्रिनुपर्ने बताए। उनले पार्टीभित्र अब कुनै विवाद नरहेको भन्दै एकताबद्ध भएर संगठन निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिए।