पाँचथर विस्फोटः इन्सेकद्धारा घटनाको अनुगमन, राज्यलाई जिम्मेवार बन्न आग्रह

  Sampatti News 2024

September 5, 2024

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाडाँगाउँ, प्राङबुङ्ग दुई जना नाबालकको ज्यान जाने गरी भएको विस्फोटको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्थलगत अनुगमन गरेको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले भदौ १८ र १९ गते घटनाको स्थलगत अनुगमन गरी आज(विहिवार) फिदिममा पत्रकार सम्मेलन गरी घटनाका विषयमा राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेको हो ।

इन्सेकले घटनाका पीडित(घाइते) पीडित परिवार, छिमेकीहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, फालेलुङ्ग गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकारलगायतसँग घटनाका विषयमा जानकारी लिएर राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरिएको इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले बताए ।

घाइते बालकहरूलाई स्थानीय सरकार, अस्पताल र प्रहरी प्रशासनसँग समन्वय र सहकार्य गरी उपचारका लागि कीर्तिपुरस्थित वर्न(जलन) अस्पतालमा भदौ १९ गते भर्ना गरिएको अधिकारीले बताए ।

नेपालमा २०५२ फागुन १ देखि सुरूआत भएको सशस्त्र द्वन्द २०६३ मङ्सिर ५ मा नेपाल सरकार र तत्कालीन विद्रोही पक्षबिच विस्तृत शान्ति सम्झौता भएसँगै द्वन्ख अन्त्यको घोषणा भएको १८ वर्ष बितेपनि नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको अझै सुनिश्चित हुन नसकेको प्रलेख अधिकृत अधिकारीले बताए ।

नेपाल सरकारले २०६८ जेठ ३१ गते बारूदी सुरूङ मुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष व्यतित भइसकेको अवस्थामा पाँचथरमा हालैको घटना र यसअघिका घटनालाई राज्यले गम्भीरतापूर्वक लिन इन्सेकले आग्रह गरेको छ ।

राज्यले शान्ति सम्झौता गरेको तर, यस अवधिमा द्घन्द्घकालका अवशेषहरू बाँकी रहेकाले नागरिकको जीवनमा खतरा कायमै रहेको तर्फ राज्य जिम्मेवार हुन इन्सेकले आग्रह गरेको छ ।

द्वन्दसँग साइनो र सम्बन्ध नै नभएका अबोध बालबालिका मारिने तथा घाइते, अङ्गभङ्ग हुने क्रम जारी छ । हालैको पाँचथर जिल्ला, फालेलुङ्ग गाउँपालिका–५ प्राङबुङ्ग, डाँडागाउँमा २०८१ भदौ १३ गते भएको विष्फोटको घटनाले बाल अधिकार सुनिश्चिताका लागि धेरै कार्य गर्न बाँकी रहेको इन्सेकले औँल्याएको छ ।

फालेलुङ्ग गाउँपालिका–५ डाडाँगाउँ,प्राङबुङ्गमा घटनामा एकै परिवारका दाजुबहिनी ११ र अढाई वर्षीया बालबालिकाको ज्यान गएको थियो । सात र ११ वर्षीय बालकद्वय उपचाररत छन् ।

बालबालिकाको ज्यान जाने गरी भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र नेपाल बाल मजदूर सरोकार केन्द्र(सिविन नेपाल) कोशी प्रदेशले भदौ १८ र १९ गते स्थलगत अनुमगन गरी फिदिममा पत्रकार सम्मेलन गरी घटनाका विषयमा राज्यलाई जिम्मेवार बन्न आग्रह गरेको हो ।
घाइते बालकहरूलाई स्थानीय सरकार, अस्पताल र प्रहरी प्रशासनसँग समन्वय र सहकार्य गरी उपचारका लागि कीर्तिपुरस्थित वर्न(जलन)अस्पतालमा भदौ १९ गते भर्ना गरिएको इन्सेकले पत्रकरा सम्मेलनमा जानकारी गराएको छ ।

तत्काल पीडित परिवारलाई राज्यको सम्बोधनसहित घाइतेको प्रभावकारी उपचार, मृतक परिवारलाई उचित क्षतिपूर्ति र राहत, बारूदी सुरूङ, विष्फोटक पदार्थको प्रष्ट परिभाषासहित थप नागरिकको जीवन जोखिममा पर्न नदिन विष्फोटक पदार्थको निश र उचित व्यवस्थापनका लागि इन्सेकले प्रेस विज्ञप्तिमार्फत सरकारसँग अपील गरेको छ ।

पाँचथरमा भएका जस्ता घटनाले शान्ति प्रक्रियामा गम्भीर ठेस पु¥याउने निश्कर्ष इन्सेकको छ । घटनाको यथाशीघ्र छानविन गरी न्यायिक दायरामा ल्याउन जोडदार माग इन्सेकले विज्ञप्तिमार्फत जनाएको छ । विष्फोटक पदार्थका बारेमा सचेतना अभियान सञ्चालन गर्न इन्सेकले नेपाल सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति:September 5, 2024