निजामतिको गरिमालाई जोगाउन चुनौति खडा भएको छः मुख्यसचिव अर्याल

  Sampatti News 2024

September 7, 2024

काठमाडौं । मुख्यसचिव एक नारायण अर्यालले निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन विभिन्न चुनौतिहरु खडा भएको बताएका छन् ।

२१ औं निजामति सेवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दे उनले निजामति सेवा प्रविधिमैत्री, सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका हुन् ।

उनले बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामति सेवा प्रविधिमैत्री सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन् ।

उनले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने कार्यमा निजामति सेवाको प्रमुख भुमिका रहेको बताए ।

उनले आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखि जनताको सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति:September 7, 2024