सुनको भाउ घट्यो

Nepal Cover
२७ भाद्र २०८१, बिहीबार
image

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको हो ।