नीजि क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन छलफलका लागि उपसमिति गठन

Nepal Cover
२७ भाद्र २०८१, बिहीबार
image

काठमाडौं । नीजि क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउनका लागि थप छलफल गर्न उपसभिति गठन गरिएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा बिहीबार बसेको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्नेबारे थप स्पष्ट हुनुपर्ने धारणा समिति सदस्यहरूले राखेपछि उपसमितिमार्फत थप छलफल गर्ने निर्णय गरेको हो ।

विधेयकमा सार्वजनिक संस्थामा सरकारी निकायका साथै प्रचलित कानून बमोजिम स्थापित संस्था, कम्पनी, समिति, बैंक मेडिकल कलेज लगायत अख्तियारको दायरामा आउने उल्लेख छ । निजी कम्पनी र बैंकसमेतलाई अख्तियारको दायरा राख्न नहुने केही सांसदहरूले बताइरहेका छन् ।