काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो।