कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै

Nepal Cover
२ आश्विन २०८१, बुधबार
image

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने लिँदै हुनुहुन्छ। आज अपरान्ह १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो।

माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन लाग्नुभएको हो। माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो।

केन्द्रमा एमाले(कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो। अहिले केन्द्रको समीकरणअनुसार नै प्रदेशमा एमाले-कांग्रेसको सरकार रहेको छ।

९३ सदस्यीय कोशी प्रदेश सभामा नेकपा ९एमाले०का ४० र नेपाली कांग्रेसका २९ गरी ६९ सांसद रहेका छन्। त्यस्तै, प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन्।