सुपथ मूल्यका पसल आजबाट सञ्चालन

Nepal Cover
३ आश्विन २०८१, बिहीबार
image

काठमाडौं । नजिकिदै गएको चाड पर्वलाई लक्षित गर्दै सुपथ मुल्यका पसलहरु आजबाट सञ्चालनमा आएका छन् । सरकारले आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि पसल सञ्चालनमा ल्याएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल आजबाट सञ्चालनमा ल्याएको हो।

कम्पनीले काठमाडौंमा एक कार्यक्रम आयोजना गरि पसल सञ्चालनमा ल्याएको छ।

उक्त पसलको उद्‍घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन्।

खाद्यले ४२ जिल्लाका ६३ स्थानहरु सहुलियत पसल सञ्चालन ल्याएको छ । काठमाडौं उपत्यकाका ४ स्थानहरु थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायकका बिक्री कक्षहरु सञ्चालनमा ल्याएको हो ।

नेपालीहरुको प्रमुख चाड दशै, तिहार र छठका समयमा दैनिक उपभोग्य वस्तुहरुको माग अत्याधिक हुने गरेको हुँदा गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालन ल्याइएको हो।