काठमाडौं । सरकारले बेरुजु फस्र्यौटका लागि भन्दै बेरुजु फर्स्यौट समिति गठन गरेको छ ।
सामान्य प्रक्रियाबाट फस्र्यौट हुन नसकेका बेरुजु फस्र्यौट गर्न भन्दै मन्त्रीपरिषदको बैठकले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फस्र्यौट समिति गठन गरेको हो ।
बुधबार बसेको मन्त्री परिषद बैठकको निणर्य आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता सन्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी गराएका हुन् । बैठकले समितिको कार्यक्षेत्र समेत तोकेको छ ।
त्यसैगरी कार्तिक ५ गतेदेखि १० गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई बैठकमा भाग लिन स्वीकृति समेत दिइएको छ ।
मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना(दोस्रो)को लागि एशियाली विकास बैंकबाट प्राप्त हुने करिव २२ अर्ब ८९ करोड रुपैयाँ बराबरको सहुलियतपूणर् ऋण सहायता, करिव २ अर्ब १ करोड रुपैयाँ बराबरको अनुदान सहायता एवंम् जापानबाट प्राप्त हुने करिव ४० करोड ३९ लाख रुपैयाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निणर्य पनि गरको प्रवक्ता गुरुङले जानकारी दिए ।