रवि लामिछाने भ्रष्टाचारी हुन् : शंकर पोखरेल

  Sampatti News 2024

September 21, 2024

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् । प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको दावी गरे । ´गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन् ।पोखरेलले भने´विना लगानी शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन् । बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो । सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए ।
सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको भन्दै भन्दै महासचिव पोखरेलले रवि लामिछानेले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको दाबी गरे । ´ सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो ।उनले भने,´ रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन् ।

प्रकाशित मिति:September 21, 2024