प्रधानमन्त्री ओली र महासचिव गुटेर्रेसबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल

  Sampatti News 2024

September 22, 2024


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा संयुक्त राष्ट्र महासचिव एन्टेनियो गुटेर्रेससँग भेटवार्ता गरेका छन् । भेटमा नेपालको विकास, जलवायु परिवर्तन, शान्ति प्रक्रिया र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री ओलीले शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघको सहयोगका लागि आभार व्यक्त गर्दै, विकास र जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न थप सहयोगको आवश्यकता रहेको बताए । महासचिव गुटेर्रेसले नेपालजस्ता हिमाली राष्ट्रलाई जलवायु परिवर्तनको असरबाट जोगाउन अन्तर्राष्ट्रिय सहयोगको महत्त्वमा जोड दिएका छन् ।

भेटवार्तामा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र नेपालका विकास प्रयासलाई अन्तर्राष्ट्रिय सहयोगमार्फत अघि बढाउने सहमति व्यक्त गरेका छन् । प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९:४५ बजे न्युयोर्क पुगेका थिए ।

ओलीले अमेरिकास्थित विभिन्न राज्यका अवैतनिक महावाणिज्य दूतहरू, नेपाली समुदायका प्रतिनिधिलगायतले भेट गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज १० मा सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति:September 22, 2024