सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  Sampatti News 2024

September 22, 2024

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज एकै दिन सुन प्रतितोला १७ सय रुपैयाँ बढेपछि नयाँ रेहड बनाउदै प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

शुक्रबार यस्तो मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँ निर्धारण गरिएको छ । यो शुक्रबारभन्दा प्रतितोला ५ रुपैयाँ बढी हो । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले व्याजदरु घटाएपछि अन्तराष्ट्रिय बजारमा सुनको माग थप बढ्दा मूल्य झन् बढेको हो ।

भारत चीन लगायत उदीयमान अर्थतनत्र भएका मुलुकले समेत सुनको भण्डारुण बढाउँदा पछिल्लो समय सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रकाशित मिति:September 22, 2024