मकवानपुरमा १४ केजी गाँजा बरामत

  Sampatti News 2024

September 22, 2024

हेटौडा । शसस्त्र प्रहरीको टोलीले हेटौडामा १४ केजी गाँजा बरामत गरेको छ । मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. ३ लेवट स्थित लेवट सामुदायिक बनबाट हेटौडा तर्फ ल्याइदै गरेको गाँजा बरामत गरेको हो ।

शुक्रबार २ जना व्यक्तिले गाँजा ल्याउदै गरेका सूचना पाएपछि ७ जनाको मोवाइल गस्ति खटाइएको थियो । बिशेष सूचनाको आधारमा शसस्त्र प्रहरी सहायक निरिक्षक बिर बहादुर लामाको कमाण्डमा खटिएको टोलीलाई देख्नासाथ २ वटा झोला सोहि स्थानमा छोडी गाजाँ ल्याउने व्यक्ति भागेका थिए ।

उक्त झोला खोली हेर्दा झोला भित्र अबैध लागु औषध गाँजा फेला परेको शशस्त्र प्रहरीले जनाएको छ । गाजाँ ल्याउने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।

बरामत गाँजा जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको छ ।

प्रकाशित मिति:September 22, 2024