काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री लामिछानेलाई जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी लिएर मात्रै पक्राउ गर्ने भएको छ ।
कुनै पनि आरोपी फरार हुन सक्ने खतरा देखेमा प्रहरीले अदालतबाट अनुमति नलिइकन जरुरी पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिन सक्ने भए पनि लामिछानेलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने प्रहरीको तयारी छ । अहिले उनी प्रहरीको उच्च निगरानीमा छन् ।
‘लामिछाने पूर्व गृहमन्त्री मात्रै होइनन्, बहालवाला सांसद पनि हुन्, भाग्ने सम्भावना छैन । उनलाई पक्राउ गर्न हतारिनुपर्ने अवस्था छैन । यही परिस्थितिमा अदालतको पक्राउ पुर्जी नआई उनी पक्राउ पर्दैनन्,’ प्रहरी स्रोतले भन्यो ।
पूर्वडीआईजी जोशीलाई पक्राउ गर्न भने कास्कीबाटै प्रहरी टोली आएको थियो । उक्त टोलीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सहजीकरण गरेको थियो । उनी भाग्ने सूचना पाएपछि प्रहरीले तत्काल ‘एक्सन’ लिएको थियो ।