रविलाई समातेर प्रहरीको जिम्मा लगाउन मुकुलको अनुरोध

  Sampatti News 2024

September 23, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदबाट निकालिएका महामन्त्री मुकुल ढकालले रवि रवि लामिछानेलाई समातेर प्रहरीको जिम्मा लगाउन कार्यकर्तालाई अनुरोध गरेका छन् ।

संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनतर्फ सरकार लागिरहेको बेला सोमबार सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताएका हुन् । उनले आफ्नै कार्यकर्तालाई ढाल बनाएर पार्टीको कार्यालयमा बसेका लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाउन पनि रास्वपाका कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् ।

गोर्खा मिडियाका सञ्चालक छविलाल पाण्डेको पक्राउपछि आफ्ना सभापति रवि लामिछाने पनि पक्राउ पर्ने डरले रास्वपा कार्यकर्ताहरू आन्दोलित भइरहेका बेला पूर्व महामन्त्री ढकालले रास्वपा कार्यकर्ताकै सहयोग खोजेका हुन् ।

प्रकाशित मिति:September 23, 2024