दुर्गा प्रसाईँ वीर अस्पताल भर्ना

  Sampatti News 2024

September 23, 2024

काठमाडौं । साइवर अपराधमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाई वीर अस्पताल भर्ना भएका छन् ।

आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको हो ।

विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

उनको कार्डियोसम्बन्धी समस्या पनि देखिएको छ ।

प्रकाशित मिति:September 23, 2024