दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

  Sampatti News 2024

September 23, 2024

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक (नेप्से) ५९ अंकले घटेर २५२९ बिन्दुमा झरेको छ ।

अजज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार २२९ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको बढ्दा एक कम्पनीको मूल्य भने स्थिर रह्यो । आज कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो ।

यसको २१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको सीईडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति:September 23, 2024