September 23, 2024
काठमाडौं । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।
अंकित मूल्यभन्दा तेब्बरमा मिनरल वाटर बेचेको पाइएपछि विभागले कारबाही गरिएको हो । उपभोक्तालाई ३५ रुपैयाँ मूल्य पर्ने मिनरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरेको थियो ।
उपभोक्ता ठगेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरूप जरिवानासहित सचेत गराएको विभागको भनाई छ । विभागका अनुसार चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेका छन्।
प्रकाशित मिति:September 23, 2024
November 23, 2024