निजामति कर्मचारीको सरुवा तत्कालका लागि रोक्का

Nepal Cover
८ आश्विन २०८१, मंगलवार
image

काठमाडौं। निजामति कर्मचारीको सरुवा तत्कालका लागि रोकिएको छ। मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको  सरकारका सबै सचिवहरु सम्मिलित बैठकले तत्काल कर्मचारी सरुवा रोक्का गर्ने निर्णय गरेको छ ।

सबै मन्त्रालय, निकाय, कार्यालयहरुले कर्मचारीको दरबन्द र कार्यरत कर्मचारीको विवरण अद्यावधिक गरी एक हप्ताभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय बैठकले गरेको हो।

कर्मचारीको विवरण अद्यावधि नभएसम्म कर्मचारी सरुवा नगर्ने निर्णय गरिएको हो। त्यस्तै अन्तरमन्त्रालय समन्वयमा प्रभावकारित ल्याई समयमै कार्य सम्पादन गर्न एक मन्त्रालय र निकायले अर्को मन्त्रालय वा निकायमा माग गरेको रायपरामर्श र सहमतिलगायत विवरण अनिवार्य रुपमा १५ दिनभित्र उपलब्ध गराउने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।