सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार

  Sampatti News 2024

September 24, 2024

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार गरेको छ। मेडिकल व्यवसायी प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा गएको थियाे। मंगलबार प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्च अदालतले सरकार र नेपाल प्रहरीसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गर्दै अन्तरिम आदेश नदिएको हो। यसअघि, गैरकानुनी थुनामा राखिएको भन्दै व्यवसायी प्रसाईँका छोरा निराजनले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

तर अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौंसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण साेधेकाे छ ।

आइतबार प्रहरीको साइबर ब्युरोले प्रसाईलाई एक महिलाकाे चरित्र हत्या गरेको आरोपमा पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले प्रसाईलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रकाशित मिति:September 24, 2024