स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

Nepal Cover
९ आश्विन २०८१, बुधबार
image

काठमाडौ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।

निर्वाचन आयोगमा हाल दर्ता कायम रहेका दलहरुले उपनर्वाचन प्रयोजनकालागि असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गराउनु पर्ने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । 

दल दर्ताका लागि आयोगले तोकेका कागजात बुझाउनुपर्नेछ ।