पहिरोले कान्ति लोकपथ अवरुद्ध

Nepal Cover
१० आश्विन २०८१, बिहीबार
image

बागमती । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । 

मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा  सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ ।