स्थानीय तह उपनिर्वाचनमा २ मंसिरमा उम्मेदवारी दर्ता

  Sampatti News 2024

September 26, 2024

काठमाडौँ । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ता हुने भएको छ ।

२ मंसिरको बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाकाले जानकारी दिए ।

३ मंसिर बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । त्यही दिन दिउँसो ३ बजेदेखि ४ मंसिर बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ हुनेछ । ४ मंसिरकै दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ताका लागि ५ मंसिरको बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । त्यही दिन दिउँसो १ देखि ३ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

स्थानीय तहको उपनिर्वाचन भने १६ मंसिरको बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । 

प्रकाशित मिति:September 26, 2024