नेप्सेमा ३२.८१ अंकको गिरावट

  Sampatti News 2024

September 26, 2024

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर पुनः २५०० विन्दुभन्दा तल झरेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार, करिब ५० अंक बढेर २५०० विन्दुभन्दा माथि बन्द भएको नेप्से, यस दिन पुनः २५०० विन्दुभन्दा तल झरेको हो।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६५ हजार २५८ पटकको कारोबारमा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता २९०० रुपैयाँ पुगेको छ ।  

ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । अपी पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४७ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०१ अंक बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३० अंक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:September 26, 2024