२६ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

Nepal Cover
१० आश्विन २०८१, बिहीबार
image

काठमाडौं । लेखा सेवाका २६ जना उपसचिवको सरुवा भएको छ । महालेखा नियन्त्रक कार्यालयले विभिन्न मन्त्रालय, विभाग, आयोग तथा कार्यालयमाबाट अन्य कार्यालयमा जिम्मेवारी दिएर सरुवा गरेको हो ।

कार्यालयले लेखातर्फका उपसचिव, उपमहालेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रकहरुको सरुवा गरेको हो।

यसअघि मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरिय बैठकले कर्मचारी सरुवा तत्काल रोक्का राख्ने निर्णय गरेपछि महालेखा नियन्त्र कार्यालयले २६ उपसचिवको सरुवा गरेको हो।

निजामती सेवा नियमावलीअनुसार कर्मचारीको सरुवा व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गर्दै आएको छ। कर्मचारी सरुवा भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्ने प्रावधान छ।