सुनको मूल्यमा निरन्तर वृद्धि, कति पुग्यो तोलामा?

  Sampatti News

September 27, 2024

काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ।

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि विहिबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति:September 27, 2024