बाढी-पहिरोबाट अहिलेसम्म सय जनाको मृत्यु ६७ जना बेपत्ता

  Sampatti News

September 29, 2024

काठमाडौँ । दुई दिनसम्म लगातार परेको वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाले ज्यान गुमाएका छन् । यस्तै, ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १०१ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए । 

प्रकाशित मिति:September 29, 2024