गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन

  Sampatti News

September 29, 2024

गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको  यात्रुवाहक बस सम्पर्कविहीन भएको छ। गोरखाबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार ११ असोज बिहान उक्त बस गोरखाको धार्चे गाउँपालिकाको लापुवेसीबाट काठमाडौंका लागि छुटेको थियो ।

गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोही कसैसँग सम्पर्क भएको छैन । उक्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन।

प्रकाशित मिति:September 29, 2024