प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित

  Sampatti News

September 29, 2024

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । 

प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी गए राति सर्वदलीय बैठक आह्वान गरेका थिए ।

सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सर्वदलीय बैठक बोलाएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । तर, सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको मल्लको भनाइ छ ।

प्रकाशित मिति:September 29, 2024