जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु

Nepal Cover
१३ आश्विन २०८१, आईतवार
image

कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

गएराति १ बजेतिर मानववस्तीमा पसेको जङ्गली हात्तीको आक्रमणमा परेर लालझाडी गाउँपालिका वडा नम्बर ४ डाँडाजाई बस्ने अन्दाजी ५० वर्षीय रामदल रानाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

जङ्गली हात्तीको समूह गाउँ पसेपछि भगाउनका लागि घरबाहिर आएर स्थानीय बासिन्दाहरूले होहल्ला गरेका थिए। त्यस क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको बताइएको छ। 

अहिले हात्तीको समूह नजिकैको जङ्गलमा पसेको छ। यस घटना सम्बन्धमा प्रहरी टोली सहित निकुञ्जको टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए।