घट्यो इन्धनको मूल्य, अब कति पुग्यो ? (सूचीसहित)

  Sampatti News

October 1, 2024

काठमाडौं ।  नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।

आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ। 

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

प्रकाशित मिति:October 1, 2024