माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

Nepal Cover
२ कार्तिक २०८१, शुक्रबार
image

काठमाडौँ । माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकका संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको सेयर बिक्रीमा राखिएको हो। सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति र संस्थाले ७ दिनभित्र काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ।