सन्दीपले पाए अमेरिकाको भिसा

Nepal Cover
२ कार्तिक २०८१, शुक्रबार
image

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानले अमेरिकाको भिसा पाएको जनाएका हो । 

क्यानका अनुसार शुक्रबार आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका, नेपाल र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखला खेल्न जान उनले भिसा प्राप्त गरेका हुन्। उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने भएका छन् । 

यसअघि अमेरिकाले उनलाई पटक पटक भिसा दिन अस्विकार गरेको थियो ।