अमेरिकाविरुद्ध आशिफ शेखको अर्धशतक

  Sampatti News

October 21, 2024

काठमाडौं । संयुक्त राज्य अमेरिका (यूएसए) विरुद्ध नेपालका आशिफ शेखले अर्धशतक पुरा गरेका छन् । अमेरिकामा चलिरहेको टी–२० खेलमा शेखले ३८ बलमा ५० रन बनाएर अर्धशतक पुरा गरेका हुन् । 

उनले ५ चाैका र दुई छक्का प्रहार गरे । शेख अघिल्लाे बलमा जसदिप सिहको सिकार बने । पहिलो विकेटको रुपमा नेपालका अनिल शाह १३ रन बनाएर आउट भए ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याउने क्रममा १२ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ९३ रन बनाएर खेलिरहेको छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

प्रकाशित मिति:October 21, 2024