५ कार्तिक २०८१, सोमबार, यस्तो छ तपाईंको राशिफल

  Sampatti News

October 21, 2024

मेष : मेष राशि भएका जातकका लागि मनमा प्रसन्नता छाउने छ। सजग रहनुस्, धन नोक्सानी, मानसिक चञ्चलता, आँखामा समस्याले पिरोल्न सक्छ ।

वृष : समय शुभ छ । आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउनेछ ।  उत्तम भोजन, उपहार पाइने सम्भावना, भाग्य चम्किने देखिन्छ ।

मिथुन : आजको दिन अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउनेछ ।  समय त्यति अनुकूल देखिँदैन । राम्रै बोले पनि उल्टो अर्थ लाग्ने, स्वास्थ्यमा समस्या होला ।

कर्कट : तपाईको लागि आजको दिन अनुकल देखिन्छ । धन वा सेवा–सहयोग प्राप्ति, सुख–सन्तोष, मन प्रफुल्लित होला ।

सिंह : आजको दिन तपाईले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । दिन शुभ छ । सुख–सन्तोष, हर्षविभोरका साथै गरेको काममा सफलता होला ।

कन्या : सजग रहनुहोला ।दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । राजनीतिज्ञबाट तनाव, इज्जतमा धक्का लाग्न सक्ने देखिन्छ ।

तुला : सजग रहनुस् । रोगव्याधिले शिथिलता, आकस्मिक खर्च, कार्य असफल हुन सक्छ । आजको दिन समय त्यति अनुकुल देखिदैन ।

वृश्चिक : दिन अनुकूल छ । आर्थिक लाभ, समस्याको समाधान, अधुरा कार्य पूरा होला । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु : शुभ दिनको आगमनले पैसा लाभ, खेलकुद, पठनपाठन, परीक्षामा सफलता हुनेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला । 

मकर :मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ ।  समय शुभ छैन । अपचजस्तो समस्याले सताउला, आलस्यता, कार्य बाधा हुन सक्छ ।

कुम्भ : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । परिवारमा विवाद, झाडापखालाको सम्भावना, दौडधूप नहोला भन्न सकिन्न ।

मीन : समय बलवान् भएकाले पैसा प्राप्ति, सम्मान, ठूलै उपलब्धिको सम्भावना छ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ । अध्ययन अध्यापनमा मन जानेछ ।

प्रकाशित मिति:October 21, 2024