रास्वपाले राजनीतिक संस्कार देखाएन: प्रधानमन्त्री ओली

  Sampatti News 2024

October 21, 2024

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका नेता कार्यकर्ताले राजनीतिक व्यवहार र संस्कार नदेखाएको टिप्पणी गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आइतवारको केन्द्रीय सचिवालय बैठकमा उनले रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा  नेता कार्यकर्ताले सरकार र आफूविरुद्ध तमासा देखाएको र त्यस्तो तमासा राजनीतिक संस्कार नभएको टिप्पणी गरेका हुन्।

‘संसद्को संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । उहाँ दोषी भए/नभए अदालतले फैसला गर्छ’, ओलीको भनाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘यसरी हुल हुज्जत र गाली गरेर राजनीतिक संस्कार कायम हुँदैन ।’ 

योजना बनाएर नै एमालेविरुद्ध चौतर्फी आक्रमण गर्न रास्वपाका नेता कार्यकर्ता सडकमा उतारिएकाले यसबारे सावधान हुनुपर्ने प्रधानमन्त्री ओलीले बैठकमा बताए। 

प्रकाशित मिति:October 21, 2024